sf:sL,#) k'; .
u08sL k|b]zsf] ;efd'v kbdf lgjf{lrt ePkl5 clejfbg ub}{ s[i0f k|;fb lwtfn k|b]z;efdf ejgdf . pxfF ;Qf u7aGwgaf6 zlgaf/ ;efd'v lgjf{lrt x'g'ePsf] xf] . tl:a/ M s[i0f bjf8L,/f;;
गोरखा । गण्डकी प्रदेशकाे सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित भएका छन्।
शनिबार बसेको प्रदेशसभा बैठकले धितालले ३२ संसदले मतसहित सभामुखमा निर्वाचित भएका हुन् । सभामा ५८ संसद उपस्थित थिए । एमालेका जेष्ठ सदस्य मित्रलाल बस्यालले सभा सञ्चालन गरेका थिए ।
गोरखा क्षेत्र नम्बर १ काे प्रदेश सभा क बाट चुनाव जितेका धिताललाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि मतदान गरेपछि ३२ संसदकाे मत सहित सभामुखमा निर्वाचित भएका हुन् ।
बैठकको सुरूमै सांसद फडिन्द्र देवकाेटाले धिताललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने अर्का सांसद राेशन गाह्रा मगरले सो प्रस्तावमा समर्थन गरेका थिए।
सभामुखमा कांग्रसबाट सरस्वती अर्याल तिवारीकाे उम्मेदारी दिएकी थिइन। तर, उनकाे उम्मेद्वार माथी मत विभाजनै हुनै परेन ।
धिताललाई एमालेका २२, माओवादीका ८, राप्रपाका दुई र एक स्वतन्त्र सांसद मनाङेले मतदान गरेका हुन् । शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीले ३१ सांसदको विश्वासको मत पाएका थिए ।
शनिबार नै सभामुख धितालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका छन् । शनिबार दिउँसो ३ बजे सभामुखमा निर्वाचित भएसँगै बेलुका प्रदेश प्रमुख गुरुङबाट शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री खगराज अधिकारी उपस्थिति भएका थिए ।