• सोमबार, भाद्र १ २०८३

दीपक मनाङेले मुख्यमन्त्री खगराजलाई विश्वासको मत नदिने


शुक्रबार, पुष २९ २०७९
850
Shares

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजिव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएका छन् ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदैछन् । उनले सरकारलाई विश्वासको मत लिन समस्या नभएकाले आफू प्रतिपक्षमा बस्ने निर्णय गरेको फेसबुकमार्फत जानकारी दिएका हुन् ।

‘गण्डकी प्रदेशमा एमालेबाट प्रस्ताविक मुख्यमंत्री माननीय खगराज अधिकारीले लिन गएको विश्वासको मतमा म मनाङ जिल्ला (ख) बाट निर्विरोध निर्वाचित प्रदेश सभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु ।’ उनले फेसबुकमा के लेखेका छन्ः ‘एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ मतबाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानु भन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार