• सोमबार, साउन ११ २०८३

गोरखा १ ‘क’ बाट निर्वाचित सांसद कृष्ण धिताल गण्डकीको सभामुख बन्ने पक्का


शुक्रबार, पुष २९ २०७९
1.2K
Shares

गोरखा । गोरखा १ ‘क’ बाट निर्वाचित सांसद कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख बन्ने पक्का जस्तै भएको छ ।

दलको नेता बनेर मन्त्री हुने योजनामा रहेका धिताल दलको नेतामा हरि चुमान निर्वाचित भएपछि सभामुख बन्ने बताइएको छ । यद्यपी अहिले पनि धिताल मन्त्री बन्ने योजनामा छन् ।

पार्टीभित्र उनलाई सभामुख बन्न दवाव बढेको हो । धितालले पनि पार्टीले गरेको निर्णय मान्ने बताएका छन् ।

धिताल सभामुख बन्ने वा मन्त्री बनेर सरकारमा जाने भन्नेमा दोधारमै छन् । पार्टीको निर्णय अनुसार अघि बढ्ने उनले बताए । पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभामुख र उपसभामुखको निर्वाचन हुनुपर्ने संवैधानको धारा १८२ (१) मा व्यवस्था छ । १८ पुसमा पहिलो बैठक बसेकाले २ माघभित्र सभामुख र उपसभामुख निर्वाचन हुनुपर्छ ।

२९ पुसमा प्रदेशसभाको दोस्रो बैठक बस्दै छ । त्यही दिन दलहरूसँग छलफल गरेर निर्वाचन कहिले गर्ने भन्ने टुंग्याउने तयारी प्रदेश सभा सचिवालयले गरिरहेको छ । एमालेबाट सांसद पद्मा जिसी र देवका पहारीको नाम उपसभामुखमा चर्चामा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार