मोहम्मद रफि
देशमा कोरोना संक्रमितहरु दिनप्रतिदिन बढ्दै छन् । डेढ महिनादेखि देशमा लकडाउनको अवस्था छ ।
यस्तो विसम परिस्थितीका वावजुद पनि सरकारले आइतबारदेखि कलकारखाना सहित बैंक, वित्तिय क्षेत्र निर्वाध रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ । यस निर्णयले हामी नेपाली जनता लाई सरकार ले कुन दिशा तर्फ लैजादै छ भन्ने बिषय सोचनिय बनेको छ ।
सरकारले निर्ण मात्रै गर्ने हो कि अनुगमन पनि गर्ने हो ? त्यहा कुन निकाय को निगरानी हुन्छ ? सामाजिक दुरीको पालना हुन सक्छ या सक्दैन कस्ले निरिक्षण गर्छ ? यदि जोखिम भइ हाल्यो भने यस्को जिम्मा कस्ले लिने ?
नेपालका पहाडी भेगमा भन्दा तराइ भेग मा तिब्र रुप मा बड्दै गएको कोरोना भाइरसको संक्रमण अझै बड्दै जाने र भोलि देशै भरी फैलिन सक्ने कुरामा कसै को दुई मत छैन ।
यदि त्यो अवस्था आयो भने नेपाल सरकारले तयारी गरेका बिस्वासिला आधार हरु के हुन ?
के यो देशमा ठुला बडा अनि कलकारखाना उधोग भएका लाई कोरोना संक्रमण हुदैन ? के पास भएका ब्यक्ती लाई कोरोना संक्रमण हुदैन ?
पक्कै पनि यो गम्भीर बिषय हो । यसको लागि सरकारले विशेष ध्यान दिनु जरुरी छ ।
देश लकडाउनमा डुबेको बेला छिमेकि रास्ट्र भारत ले नेपालको भु भाग ७८ किलो मिटर मिचेर सडक बनाउनु यता चीनले नेपालको पहिचान बोकेको सगरमाथा नापेर चिन तिब्बतको स्वायत्त क्षेत्रमा पर्छ भनेर सामाजिक सन्जालमा समाचार प्रवाह गर्नु हामी नेपाल र नेपाली को लागि कति दुख को कुरा हो ।

हाम्रा पुर्खा ले अर्जेको सम्पती अरुले हाम्रो भन्नू अनि हाम्रा पररास्ट« मन्त्रीले यो बिषयमा आफुलाई केही थाहा छैन भनेर गैर जिम्मेवार अभिब्यक्ति दिनु हाम्रो भुमी ब्यावस्था मन्त्रीलेले ईतिहास देखि नै लिम्पियाधुरा नेपालको नक्सामा छैन भन्नुले हामी नेपाली को लागि कति सम्म दुख को कुरा हो ?
हामी नेपाली कतिसम्म अभागी रहेछौ जस्लाइ नेपाल र नेपाली को जिमा दियौ आज उनीहरु नै गैरजिम्मेवारि भएर बस्ने…..
कतै यो हामी नेपाली को लागि असुभ संकेत होइन ? प्रश्न उब्जिएको छ । यसमा हाम्रा नेतृत्व र सारा नेपाली एकतावद्ध भएर आवाज उठाउनुपर्ने अवस्था छ ।
लेखक मोहम्मद रफि आँबुखैरेनी मुस्लिम समाजका अध्यक्ष हुन ।