• सोमबार, साउन ११ २०८३

गण्डकीकाे मुख्यमन्त्रीमा खगराज, अरु ३ मन्त्रीले पनि लिए सपथ


सोमबार, पुष २५ २०७९
960
Shares

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ सांसदको समर्थन प्राप्त एमालेका संसदीय दलका नेता अधिकारीलाई संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री अधिकारीलाई प्रदेश प्रमुख गुरुङले आजै पद तथा गोपनियताको सपथ गराएका छन् ।

गुरुङले आफ्नै निवास पोखरा सिमलचौरमा सोमबार पौने ५ बजे सपथ गराएका हुन् । त्यसअघि उनले अधिकारीलाई आफ्नै कार्यालयमा मुख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए ।

अधिकारीले आफ्नो दल एमालेसहित माओवादी, राप्रपा र एक स्वतन्त्र गरी ३३ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए ।

मुख्यमन्त्रीसँगै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङले समेत मन्त्रीको सपथ लिएका छन् । मन्त्रीहरुलाई कुनै मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन । उनीहरु सबै विना बिभागीय मन्त्री भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार