काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने बताएका छन्।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘म विश्वस्त छु प्रधानमन्त्रीमा प्रचण्डले विश्वासको मत पाउनुहुनेछ। म अहिले नै उहाँलाई बधाई दिन चाहन्छु।’
अब देश विकास गर्न र देशको उन्नति प्रगतिका लागि सरकारले काम गर्ने ओलीले बताए।
उनले सबैले सँगै मिलेर देश बनाउनुपर्ने बताए। उनले भने, ‘बन्न पाएको छैन बिगार्ने तिर लाग्यौँ भने समय बर्बाद हुन्छ। हाम्रो समय रचनात्मक काममा प्रयोग गरौँ। लेट्स वर्क टुगेदर।’
यो सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमलाई आधार मानेर काम गर्ने ओलीले बताए।


