• सोमबार, साउन ११ २०८३

प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे लोसपाले छलफल गर्दै


आइतबार, पुष २४ २०७९
725
Shares

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक सुरु हुने प्रतिनिधिसभाका सदस्य एवं पार्टीका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए। चुनावपछिको पहिलो बैठक भएकाले चुनावको समीक्षा पनि हुने उनले बताए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने लगायत पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने तयारी छ ।

सरकारको न्युनतम साझा कार्यक्रम हेरेर सरकारलाई समर्थन गर्ने कि विपक्षमा बस्ने भन्ने निर्णय गर्ने लोसपाको तयारी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार