• सोमबार, साउन ११ २०८३

सभामुखको निर्वाचन माघ ७ मा गर्ने तयारी


शुक्रबार, पुष २२ २०७९
680
Shares

संघीय संसद्को सभामुख र उपसभामुखको निर्वाचन आगामी माघ ९ गतेभित्र गर्ने विषयमा दलहरू सहमतिमा पुगेका छन्। संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न सहमति भएको हो।  

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न सर्वदलीय बैठकमा लगभग सहमति जुटेको बताए। लेखकले माघ ७ गते सभामुख र माघ ९ गते उपसभामुखको निर्वाचन गर्ने विषयमा सहमति जुटेको बताए। 

संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ मा बोलाइएको छ। बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार