• शनिबार, साउन ९ २०८३

कोरोनाले पारेको असरका बारे सरोकारवालासंग छलफलमा जुट्यो गोरखा काँग्रेस


आइतबार, बैशाख २८ २०७७
885
Shares

गोरखा । कोरोना भाइरसले समाजमा पारेको असरका बारे नेपाली काँग्रेस गोरखाले सरोकारवालासंग छलफल थालेको छ ।

कोरोना रोकथाम र संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण जनजिवजमा परेको अफ्ट्यारा र सृजित अवस्थाका बारेमा काँग्रेसले गोरखाका बिभिन्न पक्षसंग छलफल सुरु गरेको हो ।

सोही क्रममा आइतबार ब्यवसायीसंग काँग्रेस गोरखाले संवाद गरेको छ । पार्टीका जिल्ला सभापति हरिबहादुर घलेको अध्यक्षतामा भएको छलफलमा जिल्लाका बिभिन्न क्षेत्रका ब्यवसायी तथा उद्यगीहरुको सहभागिता रहेको थियो ।

सामाजिक दुरीलाई कायम गर्दै आइतबार गोरखा उद्योग बाणिज्जय संघ, चेम्बर अफ कमर्स, होटल ब्यवसायी संघ, औषधी ब्यवसायी संघका प्रमुख एवं प्रतिनिधिहरुसंग छलफल गरी वर्तमान परिस्थिती र आगामी चुनौतीका बिषयमा राय लिइएको काँग्रेसका जिल्ला सचिव नन्द प्रसाद न्यौपानेले जानकारी दिए ।

छलफलको क्रममा जिल्लाका व्यवसायीहरुले विद्यमान परिस्थितिमा नागरिकको जनजीवन कष्टकर भएको र व्यापारी, व्यवसायीको आर्थिक अबस्था तहसनहस भएको गुनासो गरेका थिए ।

जिल्लामा खाध्यान्न, स्वास्थ्य सामाग्री लगायतका अत्यावस्यक बस्तुको सहज आपूर्ति र ब्यवस्था मिलाउन ब्यवसयाीहरुलाई काँग्रेसले आग्रह गरेको जनाएको छ । लकडाउनका कारण ब्यवसायीहरुलाई परेको मर्कामा आफुहरु संवेदनशिल रहेको बताउदै सभापति घलेले प्राप्त राय, सुझावका आधारमा सरकारसंग राहत र सहयोगको लागि लिखित प्रतिवेदन सहित माग गर्ने बताएका छन् ।

काङ्ग्रेसले सोमबार निर्माण व्यवसायी संघ र यातायात व्यवसायी संघसंग अन्तरक्रिया गरेर ती क्षेत्रको अबस्था र सुझाव संकलन गर्ने कार्यक्रम तय गरेको छ ।

त्यस्तै मंगलबार ११ वटै पालिकाका अध्यक्षसंग परामर्श गरी स्थानीय स्तरमा भए गरेका गतिविधि, अभ्यास र चुनौतीको संकलन गरी नीति निर्माण गर्ने तहसम्म पु¥याउन पहल गर्ने सचिव न्यौपानेले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार