• सोमबार, साउन ११ २०८३

संसदको पहिलो सर्वदलीय बैठक आज, यस्ता छन् एजेण्डा


शुक्रबार, पुष २२ २०७९
840
Shares

k|wfgdGqL …k|r08Ú–e]6jftf{ sf7df8f}F, !* k'; M k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú ;Fu ;f]daf/ k|wfgdGqL lgjf; afn'jf6f/df lgjf{rg cfof]usf cfo'Qmx? e]6jftf{ ub}{ . tl:a/ M k|bLk/fh jGt÷/f;;

ज्येष्ठ सांसद पशुपतिशमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । स्वतन्त्र सांसद पनि सहभागी हुने छन् ।

सभामुखको निर्वाचनको नहुदाँसम्म बैठक सञ्चालन गर्ने प्रक्रिया, सभामुखको निर्वाचन प्रक्रियाका लागि प्रतिनिधि सभाको नियमावली अनुमोदन गर्ने लगायतका विषयमा छलफल हुनेछ । सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ ।

बैठक सञ्चालन, प्रतिनिधिसभा बैठकमा दलले बोल्न पाउने समय बाँडफाँटका विषयमा छलफल हुने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले नेपाल प्रेसलाई जानकारी दिए ।

हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार