गोरखा । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको सचिवमा सिभिलखबरकर्मी मोहसिन अलि मियाँ चयन भएका छन् । पुष १९ र २० गते पाेखरामा भएकाे प्रदेश समितीकाे प्रथम अधिवेशनबाट मियाँ सचिवमा सर्वसम्मत चयन भएका हुन् ।
एक दशकयता गोरखालाई कार्यक्षेत्र बनाएर पत्रकारिता पेशामा सक्रिय मियाँ सिभिलखबरका समाचार प्रमुख हुन् ।
त्यस्तै अधिवेशनले टंकराज अधिकारी अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको दुई उपाध्यक्ष माधब रेग्मी र संगिता केसी चयन भएका हुन् ।
त्यस्तै महासचिबमा प्रकाश ढकाल, सचिबको मियाँसहित नारायण रिजाल र अञ्जना तिमल्सिना चयन भएका छन् ।
कोषाध्यक्षमा सन्देश पौडेल र संयोजक लेखा समितिमा राधाकृष्ण डुम्रे चयन भए । सदस्यहरुमा शंकरराज नहर्की, सुवास पौडेल, रिमा साही, खगेन्द्र भण्डारी, गोबिन्द लामिछाने, प्रेमचन्द्र रौनियार, देबराज पुरी, रिसी बस्याल, निरज अधिकारी, पबित्रा खत्री, र गिता कुमारी लामिछाने चयन भएकाे नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितीले जनाएकाे छ ।