• बिहिबार, भाद्र २५ २०८३

गण्डकीका ज्येष्ठ सदस्य मित्रलालले लिए सपथ, अरु सांसदको बिहिबार


बुधबार, पुष १३ २०७९
865
Shares

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका छन् ।

प्रदेश प्रमुखको निवासमा बुधबार बिहान ११ बजे आयोजित एक कार्यक्रममा बस्यालले प्रदेश प्रमुख गुरुङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बस्याल पर्वत २ बाट नेकपा एमालेबाट प्रदेशबाट निर्वाचित सांसद हुन् । उनको जन्म विसं २०१४ भदौ ५ गते पर्वतमा भएको हो ।

प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यले सपथ खुवाउने प्रावधान छ सोहिअनुरुप गुरुङ समक्ष शपथ लिएका हुन्।

गण्डकीका बाँकी ५९ जना प्रदेश सभा सदस्यलाई बिहीबार बस्यालले सपथ खुवाउने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार