• सोमबार, साउन ११ २०८३

गण्डकीकाे कांग्रेस संसदीय दलको नेतामा गोरखाका सुरेन्द्रराज पाण्डे निर्वाचित


बुधबार, पुष १३ २०७९
970
Shares

नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा भोजराज अर्याललाई हराउँदै सुरेन्द्र निर्वाचित भएका छन् ।

पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत ल्याएका छन्, १ मत बदर भएको छ । पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने अर्याल शेखर कोइराला पक्षका हुन् ।

दलको नेतामा ४ जना आकांक्षी रहे पनि गोरखा २(२) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(१)बाट निर्वाचित अर्यालले मनोनयन दर्ता गरेका थिए ।

पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ, अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ थिए ।

गण्डकी प्रदेशसभामा कांग्रेसका २७ जना सांसद छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार