• सोमबार, साउन ११ २०८३

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान


बुधबार, पुष १३ २०७९
680
Shares

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । प्रमुख गुरुङले पुस १८ गते सोमबार दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान गरेका गरेका हुन् । 

गुरुङले गण्डकी प्रदेश सरकारमा सरकार गठनको प्रकृया सुरु नहुँदै अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख गुरुङले आह्वान गरेको पत्रमा सभामुख वा जेष्ठ सदस्य नतोकी पत्र पठाएका हुन् । 

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेशका प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङज्यूद्वारा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन सम्वत् २०७९ साल पौष १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेश सभा भवन, नदीपुरमा आरम्भ हुने गरी आह्वान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार