• सोमबार, भाद्र १ २०८३

नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन


बुधबार, पुष १३ २०७९
1K
Shares

काठमाडौं । गृह मन्त्रालयले पहुँचका भरमा नियम विपरित व्यक्तिगत सुरक्षाकर्मी राख्दै आएका व्यक्तिहरुलाई ४८ घण्टाभित्र फिर्ता गर्न अल्टिमेटम दिएको छ ।

मंगलबार मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै ४८ घण्टाभित्र नियम विपरित त्यस्तो सुविधा लिईरहेकाहरुलाई समय सिमा तोकिदिएको हो।

विज्ञप्तिमा लेखिएको छ, ‘कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखिएको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत निकायलाई निर्देशन गरिसकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिन हुन सबैमा अनुरोध छ ।’

सोमबारमात्रै गृह तथा उपप्रधानको जिम्मवारी राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले सम्हालेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार