• शनिबार, साउन ९ २०८३

प्रधानमन्त्रीलाई चितवनबाट खुला पत्र : राष्ट्रियताका सवालमा ‘हिरो’ बन्ने अवसर नगुमाउनुस्


शनिबार, बैशाख २७ २०७७
1.3K
Shares

नविन मियाँ । चितवन

सम्माननिय प्रधानमन्त्री ज्यू,
नाकाबन्दीका बेला तपाईले लिनुभएको अडान राष्ट्रका हितमा थियो । त्यहि अडानका कारण तपाईलाई धेरैले राष्ट्रबादीका रुपमा समेत चिने । अहिले नेपाल लगायत संसार कोरोनाको संकटमा छ । यहि मौका छोपेर भारतले नेपालीभुमीमा आँखा लगाएको छ । हिजोदेखि सामाजिक सञ्जाल र नेपाली मिडिया राष्ट्रियतामय भएको छ ।

प्रधानमन्त्री ज्यू, भारतले ७८ किलोमिटर सडक नेपाली भुभागमा बनाउदा नेपाललाई थाहा नभएको पक्कै पनि होईन। यो बिषयमा संसदमा समेत ध्यानाकर्षण गराईएको रहेछ । तर पनि नेपाल सरकार निरिह बनी टुलुटुलु हेरिरहयो र अहिले उदघाटन हुदा रोईलो देखाएको छ।

भारतले नाकाबन्दी लगाउदा देखिएको तपाईको राष्ट्रवाद अहिले कहाँ गयो प्रधानमन्त्री ज्यू ? त्यहि रास्ट्रबादी चरित्रको कारणले तपाई प्रधानमन्त्री समेत बन्न सफल हुनुभएकोमा अहिले किन मौन हुनुहुन्छ ? यो मेरो मात्रै प्रश्न होइन, म जस्ता हजारौ होइन, लाखौ, करोडौ युवाको हो ।

भारतिय पक्षले पटक पटक नेपाली भुभाग बिगतमा पनि अतिक्रमण गरिरहेको ईतिहास साक्षी नै छ। तर जब सम्म नेपाल आन्तरिक रुपमा आत्मनिर्भर हुदैन तब सम्म भारतको हेपाहा प्रवृत्ति जारी नै रहने कुरामा कुनै शंका छैन। हामी तेल जन्य कुराहरुमा पुर्ण रुपमा आत्मनिर्भर भने अहिलेकै अबस्थामा पक्कै पनि हुन सक्दैनौ ।

तर उत्तरतिरको नाकाहरु खोली कोसिस भने अबश्य पनि गर्न सक्छौ। भौगोलिक र भाषा संस्कृतिको कारणले पनि हामिलाई उत्तरी छिमेकी सङ्ग ब्यापारमा अलि असहज छ तर अब यसलाई सहज बनाउनु पर्छ।यसो भए मात्र हाम्रो पनि भारत सङ्ग बार्गेनिङ को ठाउँ रहन्छ।

हाम्रो नेताहरुमा राज्य सन्चालन गर्न उपयुक्त भिजनको अभाब छ। नीतिनिर्माण तहमा बिज्ञहरुको पहुच कम छ र पहुच भएकाहरुलाई पनि काम गर्ने बाताबरण दिईदैन। नेपालमा पनि अन्य देशको जस्तै सशक्त थिन्क ट्याङ्कू को आबस्यकताको महसुस भएको छ। हाम्रो सरकार युबाहरुलाई आन्तरिक रुपमा स्वोरोजगार बनाउन भन्दा पनि वैदेशिक रोजगारमा पठाउन नै कसरत गरिरहन्छ। यसले हामिलाई झनै परनिर्भर बनाईराखेको छ।

नेपाल कृषिप्रधान देश हो तर यहाँ कृषिमैत्री नीति छैन । कृषिमा आधुनिकीकरण गरि कृषियोग्य भुमी कम भएका मुलुकहरुले समेत कृषि कै कारण आर्थिक रुपमा छलाङ मारिसके तर हामी पुरानै प्रणालिमा चलिरहेका छौ।हाम्रो उत्पादन लागतको तुलनामा कम छ ।

त्यहि कम उत्पादनको पनि बजारिकरण ब्यबस्थित हुन सकेको छैन।कृषकहरुलाई सुपथ लोन, बीउ बिजन, किटनाशक औसधि, मलजलको ब्यबस्था मिलाउन राज्य चुकेको छ।गाउतिरका प्राय सबै खेतियोग्य भुमिहरु बाझो पल्टिरहेका छन। रेमिटेन्सको भरमा बिगतको कृषि पेशा त्याग गरि कृषकहरुले स्वयम् किनेर खाने बानी बनाईसकेका छन।

कृषकहरु उपयुक्त बजार ब्यबस्थाको अभाब र खेतिबालिमा हुने अनिश्चितता को जोखिम लिन नचाहने बनिसकेका छन।तरपनि यहिबिचमा जो वैदेशिक रोजगारिमा जान सक्दैनन र जो जेनतेन पुरानो पेशा भनी छोड्न सकेका छैनन उनिहरुले यहि पेशा अपनाईरहेका छन।यसमा पनि ति किसानको बारिमा तरकारी कुहिएर जान्छ तर हामी भारत बाट बार्षिक अर्बौको तरकारी आयात गर्छौ। अब कसरी हुन्छ देशमा बिकास, कसरी हामी आत्मनिर्भर बन्न सक्छौ ?

अर्को बिडम्बना हाम्रो देशमा राजनेताहरुमा राज्य सन्चालनलाई लिएर यति बेला चरम आन्तरिक कलह, बेथिती र भ्रष्टाचार ले गन्जागोलको स्थितिमा छ। यस्तो बेलामा हामी कसरी एक ढिक्का भएर हाम्रो भुमी मिचेको बिरोध गर्न सक्छौ ? नेपाली जनता सुशासन चाहन्छ। जनतामैत्री निति तथा कार्यक्रम आवस भन्ने चाहन्छ।बिकास मैत्री नीति आवस भन्ने चाहन्छ। आफ्नो देशको भुमी खुलेआम मिचिदा जति जनतालाई पिडाबोध भएको छ त्यही बोध सबै नेताहरुलाई होस भन्ने चाहन्छ।

यहि मुद्दामा भएपनी सम्पुर्ण पार्टिहरु एक भइ बिस्तारबादको बिरोध गरोस भन्ने चाहन्छ। दुई छिमेकी मुलुक नै जोड्ने बाटो बनेकोले सम्भबत अन्तर्राष्ट्रिय अदालत जानुको बिकल्प नहोला, आबश्यक परे त्यहा पनि जानुपर्छ।नेपाल एक सार्बभौमसत्ता सम्पन्न मुलुक हो। सार्भभौम अधिकार सानो ठूलो मुलुक सबैको समान हुन्छ।

प्रधानमन्त्री ज्यु, तपाईलाई फेरि पनि राष्ट्रवादी कहलीई जनताको नजरमा हिरो बन्न पाउने सुबर्ण मौका आएको छ। सर्बप्रथम कुटनैतिक पहल गर्नुस अनि प्रक्रियागत रुपमा अडिग रहि अघि बढ्नुस। सारा ३ करोड नेपाली जनता तपाईको साथमा हुनेछन। पुर्खाले आर्जेको यो प्यारो देश बचाउने अभिभारा तपाईको काँधमा आएको छ। यो अभिभारा पूरा गरि बिर गोर्खालीको परिचय दिनुस् ।

शुभकामना !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार