गोरखा । गोरखामा आर्थिक अवस्था कमजोर भएका बिद्यार्थिलाई निशुल्क शैक्षिक सामग्री वितरण गरेको छ ।
सोमवार लियो क्लव अफ गोरखा र अन्य सहयोगि दाताहरुको आर्थिक सहयोगमा बारपाक सुलिकोट ३ स्वाँरा स्थित माझथर माध्यमिक बिध्यालयमा आर्थिक अवस्था कमजोर भएका ६५ बिद्यार्थिहरुलाई शैक्षिक सामग्री बितरण गरेको हो ।
कपि, पेन, सिसाकलम, इरेजर लगायतका शैक्षिक सामग्री वितरण गरिएको लियो क्लब अफ गोरखाका अध्यक्ष बालकृष्ण परियारले जानकारी दिए । स्वही कार्यक्रममा लियो क्लबका समिर तामाङले जन्मदिनको अवसर पारि १० दर्जन कपि बितरण गरेको परियारले बताए ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोल बहादुर गुरुङको अध्यक्षता तथा वडा अध्यक्ष बल बहादुर गुरुङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा शिक्षक, बिद्यार्थि लगाएतको पनि उपस्थिति रहेको थियो ।

