• शुक्रबार, साउन ८ २०८३

गोरखामा बिद्युत चोरी गर्ने ३६ जनालाई कारबाही


सोमबार, पुष ११ २०७९
2.5K
Shares

गोरखा। जिल्लामा बिद्युत चोरी गर्ने ३६ जनालाई बिद्युत प्राधिकरण गोरखाले कारबाही गरेको छ ।

चालु आर्थिक वर्षको पुस ११ गतेसम्म बिद्युत चोरी गर्ने उक्त मानिसहरुलाई कारबाही गरिएको नेपाल बिद्युत प्राधिकरण वितरण शाखा गोरखाले जनाएको छ ।

विभिन्न घरायसी तथा व्यापारीक प्रयोजनका लागि गैर कानूनी रुपमा हुकिङ्ग गर्ने व्यक्तीहरुलाई प्राधिकरणले कारवाही गरेको प्राधिकरण शाखा गोरखाका इन्जिनियर हेमराज चापागाईले बताए ।

त्यस्तै मिटर वाइपास बाट ३० र हुकीङ गर्ने ६ जना कारवाहीमा परेको उनको भनाइ छ । उनका अनुसार बिद्युत चोरी गर्नेबाट कारबाही स्वरुप दुई लाख ६६ हजार पाचँ सय ६८ रुपँैया राजश्व संकलन भएको छ ।

चालु आर्थिक वर्षमा १२ हजार ६ सय २१ युनिट बिद्युत चुहावट भएको प्राधिकरणले जनाएको छ ।

बिद्युत चोरी नियन्त्रणका लागी बिशेष अभियान संचालन गरिएको प्राधिकरण शाखा गोरखाका सुचना अधिकारी प्रदिप रुपाखेतीले बताए । बिद्युत चोरी गरेको भेटिएमा जरिवानासँगै लाइन काटिदिने गरेको उनले बताए ।

प्राधिकरणको गस्तीका क्रममा गैरकानूनी रुपमा विद्युत चुहावट गर्नेहरुबाट कम्प्युटर, टेलिभिजन, फ्रिज, पानी तान्ने मोटर, राइसकुकर, पंखा लगायतका सामाग्री पक्राउ गरेको जनाईएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार