• शुक्रबार, साउन ८ २०८३

प्रचण्डको मन्त्रिपरिषद्: विष्णु, नारायणकाजी र रबि उपप्रधानमन्त्री बने, अरु काे कसले लिए सपथ ?


सोमबार, पुष ११ २०७९
1.8K
Shares

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड नेतृत्वको गठबन्धन सरकार आठ सदस्यीय बनेको छ।

जसमा एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन्। उनलाई सरकारमा दोस्रो वरीयता मिलेको छ।

त्यस्तै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक योजना तथा निर्माणमन्त्री बनेका छन्। उनी मन्त्रिपरिषद्मा तेस्रो वरीयतामा रहनेछन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन्। उनले मन्त्रिपरिषद्मा चौथो वरीयता पाएका छन्। 

त्यसैगरी प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा एमालेबाट बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद ज्वालाकुमारी साह, बैतडीका सांसद दामोदार भण्डारी र धनकुटाका सांसद राजेन्द्रकुमार राई पनि मन्त्री बनेका छन्।

त्यस्तै डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिक सांसद अब्दुल खानले पनि मन्त्रीको जिम्मेवारी पाएका छन्। उनले उद्योग मन्त्रालय लिने सहमति भएको छ।

तर तीन उपप्रधानमन्त्रीबाहेक अरु चार मन्त्रीले विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका छन्। सात दलीय गठबन्धनले अबको केही दिनमा थप मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरेको छ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उपस्थिति थियो ।

समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार