• शुक्रबार, साउन ८ २०८३

जाडोमा किन खाने अदुवा हालेको चिया ? यस्ता छन् फाइदा


सोमबार, पुष ११ २०७९
2.2K
Shares

जाडो दिनप्रतिदिन बढिरहेको छ । जाडोमा अत्याधिक चिया पिइन्छ । सबैले आफ्नो स्वादअनुसारको चिया पिउँछन् ।

अदुवालाई हामीले दैनिक भान्सामा प्रयोग गर्दै आइरहेका हुन्छौँ । चिसोमा अदुवा हालेर चिया खादाका अनेकौँ फाइदा छन् । तर त्यसका फाइदाबारे सबैलाई थाहा नहुन पनि सक्छ ।

जाडोमा सादा चियाभन्दा अदुवा हालेको चिया पिउनाले शरीरलाई फाइदा हुन्छ । यसले शरीरलाई न्यानो पार्नुका साथै धेरै रोगबाट बचाउन मद्धत गर्दछ । रुघा–खोकी, ज्वरो, घाँटी खस्खसाउने जस्ता समस्याको हल गर्छ । अदुवाको चियाले धुलोमाटोबाट हुने संक्रमणबाट पनि छुटकारा मिल्छ ।

अदुवामा एन्टी ब्याक्टेरियल र एन्टी अक्सीडेन्टको गुण हुन्छ । एक कप अदुवा हालेको कालो चिया खाएमा दिनभरिको थकान मेटिन्छ । अदुवा चियाले ऊर्जा दिन्छ । तनाव हटाउँछ । अदुवामा पाइने एन्टी–ब्याक्टेरियल तत्वले ब्याक्टेरियासँग लड्न मद्दत गर्छ ।

यसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । जसले धेरै रोगहरूबाट बच्न मद्धत गर्छ । अदुवा चियाले रोगसँग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूलाई झनै बढी फाइदा गर्छ । अदुवाले जाडो मौसममा हुने विभिन्न किसिमको संक्रमण र एलर्जीबाट बचाउँछ । हाड जोर्नी दुखाइको समस्या भएका व्यक्तिलाई अदुवाले धरै फाइदा गर्छ । 

अदुवाको चियाले श्वासप्रश्वासको समस्या हुनेलाई पनि लाभ गर्छ । अदुवा चियाले महिनावारीको समयमा पेट दुख्ने समस्यालाई केही कम गरिदिन्छ । यसमामा मह मिसाएर खान सके त्यसले झनै राम्रो गर्छ । चिसोमा ढाड दुख्ने, सुन्निनेलगायत समस्यामा पनि अदुवा हालेको कालो चिया खाँदा लाभ मिल्छ ।

मधुमेह रोगीका लागि अदुवा हालेको कालो चिया लाभकारी छ । अपचको समस्या हुँदा एक कप अदुवा हालेको कालो चिया खाँदा फाइदा हुन्छ । यसले खाना पचाउन मद्दत गर्छ । अपचको समस्या हटाउँछ । यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बच्न सकिन्छ ।

अदुवाको चिया पिउँदा पाचन शक्ति बलियो हुन्छ । यसको प्रयोगले पेट दुखाई र ग्याससम्बन्धी समस्यालाई कम गर्दछ । जाडो मौसममा अदुवाको चिया वा रस पिउँदा कागती र कालो नुन मिसाउने हो भने पेटको समस्या निराकरण हुन्छ ।

तौल कम गर्न चाहने व्यक्तिका लागि अदुवाको पानी र चिया राम्रो हुन्छ । अदुवामा रहेको भिटामिन, खनिज र एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो बनाउँछ । हृदयघातदेखि मुटुसम्बन्धी समस्यासमेत अदुवाको चियाबाट कम गर्न सकिन्छ । 

रुघा खोकीबाट छुटकारा : चियामा अदुवाको प्रयोग गर्नु रुघा तथा खोकी राहतमा धेरै प्रभावकारी हुन्छ । अदुवामा तुलसीको पात, मह, कागती र ल्वाङ मिसाएर पनि खान सकिन्छ ।

पाचन शक्ति बढाउँछ : अदुवाको चिया पिउँदा पाचन शक्ति बलियो हुन्छ । यसको प्रयोगले पेट दुखाई र ग्याससम्बन्धी समस्यालाई कम गर्दछ । जाडो मौसममा अदुवाको चिया वा रस पिउँदा कागती र कालो नुन मिसाउने हो भने पेटको समस्या निराकरण हुन्छ ।

तौल नियन्त्रण गर्छ : अदुवा मोटो शरीरको लागि धेरै फाइदाजनक हुन्छ । तौल कम गर्न चाहने व्यक्तिका लागि अदुवाको पानी र चिया राम्रो हुन्छ । वास्तवमा अदुवामा कार्टिसोल भएको कारण पेटको बोसो र शरीरको अधिक बोसो कम गर्न सहयोग गर्छ ।

एलर्जीको रोकथाम : अदुवामा एन्टी ब्याक्टेरियल र एन्टी अक्सीडेन्टको गुण हुन्छ । जसले धेरै रोगहरुबाट बच्न मद्धत गर्छ । जाडो मौसममा हुने विभिन्न किसिमको संक्रमण र एलर्जी बाट बचाउँछ । हाड जोड्नीको दुखाईको समस्या भएका व्यक्तिलाई अदुवाले धरै फाइदा गर्दछ ।

रक्त सञ्चारमा सुधार : अदुवामा रहेको भिटामिन, खनिज र एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो बनाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

तनाव मुक्त : दिकदार र तनाबबाट बच्न अदुवाको चिया एकदमै फलदायी हुन्छ । जाडो मौसम र व्यस्त जीवनशैलीमा अदुवा एक सबै भन्दा राम्रो औषधी बन्न सक्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार