• शुक्रबार, साउन ८ २०८३

साधना लघुवित्तले २० प्रतिशत लाभांश दिने


सोमबार, पुष ११ २०७९
1.2K
Shares

साधना लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैंठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजी ३२ करोड १२ लाख २५ हजार ५०० रुपैयाँको १९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार