• शुक्रबार, साउन ८ २०८३

गण्डकी र बागमती प्रदेशमा हिमपातको सम्भावना


सोमबार, पुष ११ २०७९
1.2K
Shares

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहे पनि देशभरको मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विभागका अनुसार आज बिहान गण्डकी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ।

मौसमविद वरुण पौडेलका अनुसार भोलि दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ।

आज बिहान काठमाडौं उपत्यकाकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार