नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग गरेका छन् ।
बिहीबार साँझ बालुवाटारमा भएको कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँगको छलफलमा प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग राखेका हुन् ।
स्रोतका अनुसार नेताहरू सरकार गठनका लागि प्याकेजमै सहमति हुनुपर्नेमा सहमत छन् । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखकाे विषयमा प्याकेजमा सहमति गरेर अघि बढ्ने सहमति भएको छ ।
“प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने भनेर जोडदार माग राख्नुभएको छ,” स्रोतले भन्यो ।


