• सोमबार, साउन ११ २०८३

माओवादी संसदीय दलको नेतामा प्रचण्ड, प्रमुख सचेतकमा हितराज पाण्डे


बिहिबार, पुष ७ २०७९
970
Shares

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।

पेरिसडाँडास्थित पार्टी मुख्यालयमा भर्खरै बसेको पदाधिकारी बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत निर्णय गरेको हो ।

त्यस्तै सचिव हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरिएको नेता मातृका यादवले नेपाल प्रेसलाई जानकारी दिए । संसदीय दलको उपनेता र अन्य जिम्मेवारीबारे पछि निर्णय गर्ने उनले बताए ।

पदाधिकारीको बैठकको निर्णय केहीबेरमा बस्ने संसदीय दलको बैठकमा पेस गर्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार