गोरखा । साँसदकाे रुपमा पाउने तलब भत्ता विपत्तीमा परेकाकाे हितमा खर्च गर्ने राजेन्द्र बजगाईले घाेषणा गरेका छन् ।
आज बिहिबार संसदमा सपथग्रहण गरेसंगै बजगाईले सामाजिक सञ्जालमार्फत तलब भत्ता आफु निर्वाचित भएकाे क्षेत्र गोरखा १ मा विपत्तीमा परेकाकाे हितमा खर्च गर्ने घाेषणा गरेका हुन् ।
पद तथा गाेपनियताकाे सपथग्रहण लिदै गर्दा आफुले चुनाव प्रचारका क्रममा जनतासंग गरेकाे प्रतिवद्धता झलझली सम्झेकाे भन्दै बजगाईले साँसदकाे हैसियतमा आफुले पाउने सम्पूर्ण तलब भत्ता आफ्नो क्षेत्रका जनताकाे हितमा खर्च गर्ने बताएका हुन् ।
साँसद बजगाईले फेसबुकमा लेखेका छन् ‘गोरखाको विकट भूगोल र भिरपखेरामा विपत्तिमा रेखदेख पुगोस् भन्ने अभिप्रायको निरन्तरता आज एक सांसदको रूपमा सपथ लिंदैगर्दा मत मागिरहेको बेला लिएको सपथ सम्झेको छु। मैले संसदको रूपमा पाउने तलब भत्ता गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा विपतमा परेकाका लागि खर्चने घोषणा गरेको छु।’
उनले यसअघिदेखि नै धार्चे तथा चुमनुब्री लगायतका क्षेत्रमा बिरामी, घाइते तथा समस्यामा परेकालाई सहयाेग तथा हेलिकाेप्टर मार्फत उद्धार गर्दै आएका छन् ।