• सोमबार, साउन ११ २०८३

जिल्ला समन्वय समिति गोरखाको प्रवक्तामा रेग्मी


बिहिबार, पुष ७ २०७९
1.1K
Shares

गोरखा । जिल्ला समन्वय समिति गोरखाको प्रवक्तामा शिवप्रसाद रेग्मी चयन भएका छन् ।

मंसिर २७ गतेको बैठकको प्रस्ताव अनुसार बुधबार बसेको जिल्ला समन्वय समिति गोरखाको बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको जिल्ला समन्व्य समितिका प्रमुख मोहनबहादुर थापामगरले जानकारी दिए।

रेग्मी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट जिल्ला समन्वय समितिको सदस्यमा बिजयी भएका हुन् ।

रेग्मी गण्डकी गाउँपालिकाबाट वडा सदस्यमा निर्वाचित भई जिल्ला समन्वय समितिमा पनि सदस्य पदमा बिजयी भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार