• सोमबार, भाद्र १ २०८३

नगरपालिका संघको उपमहासचिवमा सुनिता डंगोल निर्वाचित


बिहिबार, पुष ७ २०७९
775
Shares

काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल नेपाल नगरपालिका संघको उपमहासचिव पदमा निर्वाचित भएका छन्। 

पुस ४ देखि ६ गतेसम्म काठमाडौँमा सम्पन्न आठौँ राष्ट्रिय अधिवेशनबाट संघको अध्यक्षमा निलकण्ठ नगरपालिका धादिङ्का प्रमुख भीम ढुङ्गाना, उपाध्यक्षमा चौतारा साँगाचोकगढी नगरका प्रमुख कृष्णप्रसाद सापकोटा, महासचिवमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी निर्वाचित भएका हुन्।

५० सदस्यीय कार्यसमितिमा ७ जना प्रदेश संयोजक र १ जना महिला विभागका संयोजक पदेन सदस्य रहनेछन्। २५ बुँदे घोषणा गर्दै अधिवेशन सकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार