• सोमबार, साउन ११ २०८३

नगरपालिका संघको केन्द्रिय सदस्यमा गोरखाका थोकर र पाण्डे निर्वाचित


बिहिबार, पुष ७ २०७९
1K
Shares

गोरखा। नगरपालिका संघको केन्द्रिय सदस्यमा गोरखाका दुवै नगरपालिकाका उपप्रमुख निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न अधिवेशनले गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर(सपना पुन) र पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डे सर्वसम्मत निर्वाचत भएका हुन् । थोकर नेपाली काँग्रेस र पाण्डे नेकपा माओवादीबाट निर्वाचित उपप्रमुख हुन् ।

बुधबार सम्पन्न अधिवेशनबाट संघको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना निर्वाचित भएका छन् । काठमाडौमा भएको महाधिवेशनबाट ढुंगानाको अध्यक्षामा ४३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

ढुंगाना नेपाली काँग्रेसबाट नगर प्रमुखमा निर्वाचित मेयर हुन् । त्यस्तै, नवनिर्वाचित समितिको उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारा साँगागढी नगर पालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा चयन भएका छन् ।

उनी माओवादी केन्द्रबाट नगर प्रमुखमा विजयी भएका थिए । संघको महासचिवमा दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौथरी चयन भएका छन् । उनी नेकपा एमालेबाट विजयी नगरप्रमुख हुन् ।

यस्तै, उपमहासचिवमा काठमाडौ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, कोषाध्यक्षमा नेपाली काँग्रेसबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमलाई राई र सहकोषाध्यक्षमा हेटौडा उपमहानगरपालिकाकी प्रमुख एकीकृत समाजवादीकी मीना लामा सर्वसम्मत चयन भएकी छिन् ।

देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार