• शनिबार, साउन ९ २०८३

पुस २७ देखी ११ औं गोरखा महोत्सव, यस्ता छन् आर्कषण !


बुधबार, पुष ६ २०७९
960
Shares

गोरखा । गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा पुस २७ गतेदेखी माघ ७ गतेदेखि ११ औं गोरखा महोत्सव हुने भएको छ ।

गोरखा उद्योग वाणिज्य संघको आयोजनामा ‘११ औं गोरखा महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन तथा ब्यापार मेला २०७९’ महोत्सव हुन लागेको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कृष्ण कुमार श्रेष्ठले महोत्सवको तयारी भइरहेको जानकारी दिए ।

गोरखाको ऐतिहासिक, पर्यटकिय क्षेत्र एवं धार्मिक स्थलहरुको परिचय आन्तरिक एवं वाह्य क्षेत्रहरुको प्रचार प्रसार गराउने प्रमुख उदेश्यले ३०१ औं पृथ्वी जयन्तीको अबसरमा महोत्सब आयोजना गरेको संघको अध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।

अत्याधिक रुपमा आन्तरिक तथा वाह्य पर्यटकहरु जिल्लामा भित्र्याउने, स्थानिय कृषि घरेलु पशुपालनबाट उत्पादित बस्तु तथा स्थानिय कला र सांस्कृतिक संरक्षण र प्रबद्र्धन गर्नका लागि महोत्सव गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा लघु, धरेलु साना ठुला उधोगबाट उत्पादित सामाग्रहिरु कृषि पशु र बनजन्य बस्तुहरुको स्टल प्रदर्शनी, बिबिध साँस्कृतिक कार्यक्रक, पर्यटकिय स्थलहरुको फोटोर बृत्तचित्र प्रदर्शनी, परम्परागत हस्तकला प्रबिधि र सामाग्री प्रदर्शनी प्रतियोगिता, कार्यक्रम अबधिभर रमाईलो मेला हुने संघले जनाएको छ ।

महोत्सबमा म्यान अफ द गोरखा दौड प्रतियोगीता, औधोगीक प्रर्दशनी, हस्तकला प्रदर्शनी कृषि प्रर्दशनी, खाना महोत्सव, बिविध मनोरञ्जनात्मक कार्यक्रम एवं दोहोरी गीत कार्यक्रम, खुल्ला युगल तथा गोरखा नगरपालिका भित्रका मा.वि स्तरिय नृत्य प्रतियोगीता,राष्ट्रिय स्तरका कलाकारहरुको हास्य ब्यङ्ग्य कार्यकम, चौथो गोरखा तारा गायन कार्यक्रम, प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगीता, जिल्ला स्तरिय वकतृत्वकला प्रतियोगिता, झाँकी प्रतियोगिता, बिभिन्न प्रदेश क्षेत्रका प्रमुख धार्मिक, पर्यटकीय, ऐतिहासिक क्षत्रको फोटो तथा वृक्त चित्र प्रर्दशनी, गाउपालिका तथा नगरस्तरिय खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुने संघका बरिष्ठ उपाध्यक्ष भगवान बाबु मास्केले बताए ।

करिब एक सय स्टल रहने महोत्सवमा ५० हजार दर्शकले अवोलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव सञ्चालन तथा ब्यवस्थापनका लागि भन्दै संघले मुल आयोजक समितीसहित विभिन्न २२ वटा उपसमिति समेत निर्माण भइसकेको मास्केले बताए । ५६ लाख रुपैया भन्दा बढी आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको मेलामा स्थानीय ब्यापारीहरुलाई नै प्राथमिकता दिइने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार