गोरखा । गोरखा नगरपालिका ८ स्थित गोरखकाली हस्तकला उद्योगमा एक हप्ते ढाका बुनाइ तथा वारपिङ भर्ने तालिम सुरु भएको छ ।
गोरखकाली हस्तकला उद्योगको आयोजना तथा शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा तालिम सुरु गरेको हो । मंगलवार उक्त तालिमको उद्घाटन मन्त्रि मेघलाल श्रेष्ठले गरेका हुन् । तालिममा सहभागीलाई सिप सिकेपछि ब्यवाहारमा प्रयोग गर्न मन्त्रि श्रेष्ठले सुझाब दिए ।
महिलाहरुलाइ आत्मनिर्भर बनाउन उत्पादन सङ्ग जोडेर ब्यबसायिक बनाउननुपर्छ
महिलाहरुलाइ सक्षम र आत्मनिर्भर बनाउन उत्पादन सङ्ग जोडेर ब्यबसायिक बनाउन सके मात्र समाजको परीबर्तन हुने उनले बताए । घरघरमा रोजगार हातहातमा सिप भन्ने उदेश्यले तालिम सुरु गरेको हस्तकला उद्योगका अध्यक्ष रिता रेग्मीले बताइन ।
गोरखा उधोग बाणिज्य सघं गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले उतपादनलाई ब्यबसायिक रुपमा अगाडी बढ्न अनुरोध गरे । महिलाहरुलाई स्वरोजगार बनाउन तालिमले मद्धत पुग्ने नेपाल पत्रकार महासंघका अध्यक्ष नरहरी सापकोटाले बताए । तालिम लिएपछि त्यसलाई प्रयोग गर्न पनि उनले सहभागीलाई सुझाब दिए । सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षक मिरा तुम्बा हाम्फेलेले तालिम दिने उद्योगले जनाएको छ ।
गोरखकाली हस्तकला उद्योगका शेयर सदस्य रिता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा महिला उद्यमि संघ जिल्ला उपाध्यक्ष शुष्मा श्रेष्ठ , पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, शेयर सदस्य अस्मिता कट्टेल लगायतले मन्तब्य राखेका थिए । तालिम उद्घाटनका क्रममा जनप्रतिनिधि र स्थानीय महिलाहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण शेयर सदस्य सिर्जना पाण्डेले गरेकी थिइन।
