सुदिप श्रेष्ठ
गोरखा । जिल्लामा सवारी दुर्घटना दर बढेको छ । पछिल्लो ५ महिनामा ७ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा साना तथा ठूला सवारी दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । ट्राफिक प्रहरी गोरखाको तथ्याङ्कअनुसार सो अवधिमा सवैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ ।
त्यसपछि क्रमशः ट्रयाक्टर, जीप/कार, माइक्रो बस, ट्रक, टिप्परलगायत सवारी साधन दुर्घटनामा परेका हुन् । कुल १५ वटा सवारी साधन दुर्घटना हुँदा ५ मोटरसाइकल दुर्घटना भएको पाइएको छ । भने ट्रयाक्टर ४, जिप र कार ३ वटा, ट्रक १, टिपपर १, माइक्रो बस १ वटा सवारी साधन दुर्घटना भएका ट्राफिक कार्यालय गोरखाका प्रहरी नायब निरीक्षक बेदनाथ भण्डारीले जानकारी दिए ।
जिल्लाको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ४ पुरुष र ३ महिलाको ज्यान गएको छ । दुर्घटनामा ३ पुरुष र एक महिला गरी ४ जना गम्भीर घाइते भएका छन् । ४ जना सामान्य घाइतेमध्ये ३ पुरुष, १ महिला भएको प्रहरीले जनाएको छ ।
ती दुर्घटनामा २ वटा पशुचौपायाको मृत्यु भएको छ । आर्थिक वर्ष ७६/७७ मा १९ वटा सवारी दुर्घटनामा परेकोमा ७ जनाले ज्यान गुमाएका छन् । आव ०७७/७८ मा १९ वटा सवारी दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन । आव ०७८/०७९ मा २५ वटा सवारी दुर्घटना हुदा १३ जनाले ज्यान गुमाएका छन् ।
गत ३ वर्षको तथ्याङ्क हेर्दा सवारी दुर्घटना दर बढेको प्रहरी नायब निरीक्षक भण्डारीले बताए । ‘तीब्र गतिका कारण सर्वाधिक दुर्घटना भएको धेरै देखिएको छ सहरमा भन्दा बढि गाउमा बढि दुर्घटना भएको छ’ उनले भने । ‘तीब्र गतिका कारण सर्वाधिक दुर्घटना भएको धेरै देखिएको छ भने चालकले मादक पदार्थ सेवन गर्नाले पनि दुर्घटना भएको पाइएको छ ।