गोरखा । प्रगतिशिल अपाङ्ग संघ गोरखाले अपाङ्गता भएकाहरुका लागी निर्माण भएका नीति, नियम र कानून कार्यान्वयनको माग राखेको छ ।
संघका अध्यक्ष अमर गुरुङले आइतवार प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यलाई ज्ञापन पत्र बुझाउँदै कानून कार्यान्वयन भए नभएको निरन्तर अनुगमन गर्न माग राख्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।
‘अपाङ्गता अधिकार ऐन २०७४’ मा अपाङ्गता भएका व्यक्तिहरुलाई बस, रेल र हवाईजहाज जस्ता सार्वजनिक सवारी साधानको भाडामा ५० प्रतिशत छुट हुने व्यवस्था रहेपनि त्यसको कार्यान्वयन नभएको उनले गुनासो गरेका छन् ।
छुट माग्दा उल्टो आफूहरु माथि दुव्र्यवहार हुने गरेको भन्दै कानून कार्यान्वयनका लागी आवश्यक पहल गरिदिन उनले प्रजिअ समक्ष माग गरेका हुन् ।