• शनिबार, साउन ९ २०८३

विश्वकप फुटबलको उपाधि अर्जेन्टिनालाई


सोमबार, पुष ४ २०७९
910
Shares

विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ। अतिरिक्त समयमा ३-३ गोलको बराबरी पछि भएको पेनाल्टीमा शुट आउटमा ४-२ ले पराजित गर्दै अर्जेन्टिनाले उपाधिको रक्षा गरेको हो।

आइतबार कतारको लुसेल आइकोनिक स्टेडियममा भएको खेलको २३ अ‍ौं मिनेटमा अर्जेन्टिनाले १-० को अग्रता लियो। पेनाल्टी क्षेत्रभित्र फ्रान्सका अ‍ोस्मान डेम्बेलेले अर्जेन्टिनाका एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टीको अवसर दिएकोमा मेस्सिले बललाई जाली चुमाउन सफल भए।

यस्तै, खेलको ३५ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको लामो पासलाई सही दिशा दिँदै डि मारियाले अर्को गोल थप्न सफल भए। पहिलो हाफमै २-० गोल अन्तरले पछि परेको फ्रान्सले केही मुभ बनाएपनि गोल गर्न असफल रहयो।

खेलको ७८ औं मिनेटमा फ्रान्सले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै एम्बापेले खेललाई २-१ को अवस्थामा फर्काए। भने, खेलको २ मिनेटमै आश्चर्यजनक पुनरागमन गर्दै ८१ औं मिनेटमा एम्बापेले पुनः शानदार गोल गर्दै २-२ को बराबरीमा ल्याए।

२-२ को बराबरी पछि अतिरिक्त समयमा मेसीले गोल गरेपछि अर्जेन्टिना ३-२ ले पछि पर्यो।

रोमान्चक बनेको आजको खेलमा अन्तिम अवस्थामा फ्रान्सले पाएको पेनाल्टीमा पुनः एम्बापेले गोल गर्दै ३-३ को अवस्थामा फर्काए।  पेनाल्टी शुटआउटमा गएको खेलमा ४ -२ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि उपाधिको रक्षा गर्न सफल बन्यो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार