• शनिबार, साउन ३० २०८३

प्रेममा पाएको चोटबाट पूजाले सिकेको पाठ


आइतबार, पुष ३ २०७९
955
Shares

अभिनेत्री पूजा शर्मा पछिल्लो समय युद्ध बानियाँको प्रेममा छिन्। युद्धसँगको प्रेम पूजाले सार्वजनिक रुपमा स्वीकार गरेको धेरै समय भएको छैन।

लामो समयदेखि प्रेम अस्वीकार गरिरहेकी पूजा हिजोआज भने जीवनमा युद्धको प्रवेशले धेरै कुरा परिवर्तन भएको बताउन थालेकी छन्।

पूजाले युद्धसँगको प्रेम स्वीकार गरेपछि यो जोडी सार्वजनिक कार्यक्रममा पनि सँगै देखिइरहेको छ। 

युद्ध र पूजा चाँडै वैवाहिक बन्धनमा बाँधिने तयारीमा रहेको समेत उनी निकट स्रोतले बताएको छ।

युद्धअघि प्रेमी भएर जीवनमा आएका साथीले दिएको धोकाले पूजाको मन दुख्न भने छाडेको छैन। उनी बेलाबेला आफूले माया गरेर विश्वास गरेको व्यक्ति विश्वासघाती हुँदाको पीडा पोखिरहेकी हुन्छिन्।

प्रेममा पाएको चोटले हुनुपर्छ – पूजाले केही पाठसमेत सिकेकी छन्। 

हिजोआज पूजा आफैंलाई भुलेर अरुलाई माया नगर्न आफ्ना शुभचिन्तकलाई सुझाव दिइरहेकी भेटिन्छिन्।

उनी भन्ने गर्छिन – ‘हामी आफस्लाई बिर्सिएर जब अरुलाई माया गर्न थाल्छौँ त्यो जस्तो डेन्जर  अरु केही हुँदैन। म त भन्छु – आफूलाई भुलेर कहिल्यै पनि अरुलाई माया नगर्नुस्। त्योचाहिँ लाइफकै सबैभन्दा ठूलो मिस्टेक हो।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार