• सोमबार, साउन ११ २०८३

सांसद बजगाईले दिए गाेरखा १ का सबै वडालाई स्टेचर


आइतबार, पुष ३ २०७९
850
Shares

गोरखा । गोरखा क्षेत्र न १ का निर्वाचित सांसद राजेन्द्र बजगाईले आफ्नो निर्वाचन क्षेत्रको सबै वडामा स्टेचर वितरण गरेका छन् ।

बजगाईले आईतवार एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगरलाई स्टेचर हस्तान्तरण गरेका हुन् । उनले जिल्ला समन्वय गोरखा मार्फत ५६ वटा स्टेचर बितरण गरेका हुन् ।

स्टेचर वितरण गर्दै सांसद बजगाईले चुनाव जिते पछि विजयी उत्सवमा भोज-भत्तेर नगरी जनताको सेवा र सुविधाका लागि पहिलाे कार्यक्रम अन्तरगत स्टेचर वितरण गरेको बताए । जनताको आवश्यकता अनुसार स्वास्थ्य सामग्री लगायत अन्य अन्य सामग्रीहरु पनि उपलब्ध गराउने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार