• सोमबार, साउन ११ २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, यी हुन् बैठकका एजेण्डा


आइतबार, पुष ३ २०७९
575
Shares

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। 

आज (आइतबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ। 

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले आज (शनिबार) नवनिर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएर बधाई ज्ञापन गरेका थिए। 

लगत्तै, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो। 

नयाँ सरकार बन्ने रस्साकस्सी चलिरहँदा कांग्रेसमा संसदीय दलको नेता को बन्ने भन्ने विषयमा सहमति जुटिसकेको छैन्। युवा नेता गगन थापाले पनि संसदीय दलको नेताका लागि तयारी अघि बढाएका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार