• सोमबार, साउन ११ २०८३

चिसो बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह


शुक्रबार, पुष १ २०७९
1K
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिसो बढेसँगै केही रोगको प्रकोप बढ्नसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।  

मन्त्रालयले प्रवक्ता डा.सञ्जय कुमार ठाकुरले चिसो मौसममा विभिन्न रोगको प्रकोप बढ्नसक्ने भएकाले दीर्घरोगी, बालबालिका र गर्भवती महिलालाई विशष सावधानी अपनाउन सुझाव दिएका छन् ।

‘चिसोबाट बच्न न्यानो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन, रातको समयमा सिरक, कमल जस्ता न्यानो कपडा ओड्न, घरबाहिर खुल्ला स्थानमा लामो समय नबिताउन, तातो खानेकुरा खान र तातो पानी पिउनु पर्छ,’ उनको भनाइ छ । 

प्रवक्ता डा. ठाकुरले हिटर, आगो ताप्दा र गिजर प्रयोग गर्दा कोठाभित्र राम्रोसँग हावा आवतजात हुने व्यवस्था मिलाउन पनि आग्रह गरेका गरेका छन् । यस्तै, दूषित पानी र खानाबाट विभिन्न किसिमका सरुवा रोग लाग्नसक्ने भएकाले स्वच्छतामा ध्यान दिन पनि डा.ठाकुरको सुझाव छ ।

सडेगलेको र बासी झिँगा भन्केका खानेकुराहरू  नखान भन्दै उनले उमालेको वा क्लोरिनले शुद्धीकरण गरेको पानीमात्र पिउन पनि सुझाव दिएका छन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार