• सोमबार, साउन ११ २०८३

निर्वाचन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो 


बिहिबार, मंसिर २९ २०७९
535
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएको छ ।

आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीले प्रतिवेदन बुझाएका हुन् । 

सो अवसरमा प्रधानमन्त्रीले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए । साथै निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको समेत बताए ।

आयोगले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार