• सोमबार, भाद्र १ २०८३

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट


बुधबार, मंसिर २८ २०७९
1.1K
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट परेको छ ।

बुधबार सिन्धुलीका युवराज सफलले सभापति रवि लामिछानेविरुद्ध सर्बोच्चमा रिट दायर गराएका हुन् ।

उनले नागरिकता विवाद चलिरहेकाले रवि लामिछानेलाई सांसद पदमा सपथ नगराइ उनको पद खारेज गर्न माग गर्दै रिट दायर गराएका हुन् ।

रिटमा भनिएको छ, ‘नेपाली नागरिक नभएको व्यक्तिले राजनैतिक दलको सदस्य र पदाधिकारी हुन, निर्बाचनमा उम्मेदवार हुन, प्रतिनिधि सभा सदस्य हुन नपाउने कानूनी व्यवस्था बिपरीत काम कार्यबाही गर्न मिल्छ कि मिल्दैन भन्ने गम्भीर सार्बजनिक सरोकारको सवाल उपस्थित भएको हुँदा सो बिषयको व्याख्या र निरुपणका लागि यो रिट निवेदन लिएर सम्मानित अदालत समक्ष प्रवेश गरेको छु ।’

उक्त रिटमाथि पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा तोकिएको छ । लामिछाने चितवनको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । अहिले उनको नागरिकता विवादबारे प्रहरीले छानविन गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार