• सोमबार, साउन ११ २०८३

गाउँपालिका महासंघको केन्द्रिय सदस्यमा गोरखाका बञ्जरा र देवकोटा निर्वाचित


बुधबार, मंसिर २८ २०७९
1000
Shares

गोरखा। गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रिय सदस्यमा गोरखाबाट लोक प्रसाद बञ्जरा र रिता देवकोटा निर्वाचित भएका छन् ।

सदस्यमा निर्वाचिन बञ्जरा भिमसेन थापा गाउँपालिकाका अध्यक्ष हुन् भने देवकोटा सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष हुन् ।

मंगलबार काठमाण्डौमा सम्पन्न महासंघको तेस्रो अधिवेशनबाट अध्यक्षमा लक्ष्मी पाण्डे सहितको कार्यसमिति निर्विरोध चयन भएको हो ।

अध्यक्षमा निर्वाचित पाण्डे नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन् । पदाधिकारी सहित ३६ सदस्यीय महासंघको कार्यसमिति चयन भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार