• मंगलबार, साउन १२ २०८३

फागुन १४ मा स्ववियू निर्वाचन गर्न अनेरास्ववियूको माग


मंगलबार, मंसिर २७ २०७९
1.2K
Shares

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) केन्द्रीय कमिटीले आगामी १४ फागुनमा त्रिविका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन गराउन माग गर्दै उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियू केन्द्रीय कमिटीकी अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको टोलीले मंगलबार उपकुलपतिको कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएको हो ।

सो क्रममा उनीहरूले त्रिविका क्याम्पसहरूमा स्ववियू निर्वाचन निरन्तर नहुँदा विभिन्न कालखण्डमा विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धी नै गुम्ने अवस्थामा पुगेको बताएका छन् । निर्धारित समयमा स्ववियू निर्वाचन नभए अनेरास्ववियू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार