• शुक्रबार, साउन ८ २०८३

समयमै स्ववियु निर्वाचन गराउन माग गर्दै त्रिविलाई ज्ञापनपत्र


सोमबार, मंसिर २६ २०७९
1.8K
Shares

तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गर्दै नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघ स्ववियु निर्वाचन पक्षधर समूहले त्रिविले तोकेकै मितिमा स्ववियु चुनाव गर्न माग गर्दै उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको हो । 

त्रिविले फागुन १४ गतेका लागि स्ववियु चुनावको मिति तय गरेको छ । सोही मितिमा जसरी पनि चुनाव गर्न र त्यसको तयारी थाल्न माग गर्दै ज्ञापनपत्र बुझाईको नेविसंघका नेता विष्णु बडैलाले जानकारी दिए ।  स्ववियुको निर्वाचन २÷२ वर्षमा हुनुपर्ने त्रिविको कानुनी व्यवस्था छ । तर, त्रिविका आंगिक क्याम्पसहरूमा विगत १४ वर्षदेखि र देशैभरका क्याम्पसहरूमा विगत ५ वर्षदेखि चुनाव हुन सकेको छैन ।  

विद्यार्थी आन्दोलन र राजनीतिलाई कमजोर र निरीह तुल्याउने, विश्वविद्यालयमा शैक्षिक मुद्दा ओझेलमा पार्ने र विश्वविद्यालयमा भ्रष्टाचार मौलाउने गरेको भन्दै त्यसलाई निरूत्साहित पार्न हरेक २/२ वर्षमा चुनाव हुनुपर्नेमा नेविसंघले जोड दिएको छ । 

प्रत्येक २/२ वर्षमा स्ववियु निर्वाचन गराउनु सबैको प्रमुख दायित्व भएकाले यस विषयमा गम्भीर भएर लाग्न समेत माग गरेका छन् ।  स्ववियु निर्वाचनका लागी आफूहरू तयारीमा रहेको बताउँदै त्यसका लागि विश्वविद्यालयले पनि सशक्त भएर अगाडि बढ्न माग गरे ।

‘हामीसँग भएका पटक–पटकका वार्ता र शैक्षिक क्यालेन्डरलाई कार्यान्वयन गरी समयमै परीक्षा सञ्चालन, नतिजा प्रकाशन र पनिकाका सबै कामकाज आनलाइनमार्फत गर्ने व्यवस्था मिलाउन हार्दिक अनुरोध गर्दछौ’ विज्ञप्‍तिमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार