• मंगलबार, साउन १२ २०८३

स्वतन्त्र पार्टीबाट असिम शाह बने साँसद


आइतबार, मंसिर २५ २०७९
1.7K
Shares

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टीले असिम शाहलाई प्रतिनिधी सभा सदस्य बनाएकाे छ । रबि लामिछाने नेतृत्वकाे पार्टी रास्वपाले शाहलाई समानुपातिक तर्फबाट साँसद बनाएकाे हाे ।

नेपाली फिल्म इन्डष्ट्रिजमा प्रख्यात निर्देशक समेत रहेका शाह मुस्लिम काेटाबाट साँसद बनेका हुन् ।

रास्वपाले निर्वाचन आयोगमा शनिबार बुझाएको १३ जनाको सांसद सूचीमा समावेश भएका शाहले चुनावअघि उम्मेदवार बन्न पार्टीले गरेकाे प्राइमरी इलेक्सनमा समेत लाेकप्रिय मत पाएका थिए ।

शाहसंगै राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको छ । प्रवक्ता मुकुल ढकालका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत चयन भएका छन् ।

त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी छानिएकाे उनले बताए । स्वतन्त्र पार्टीले प्रत्यक्षमा भने ७ सिट प्राप्त गरेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार