• मंगलबार, साउन १२ २०८३

गोरखाले प्रतिनिधी सभा र प्रदेशमा ९ साँसद थप्याे, गोरखाली ‘माननीय’ काे संख्या ११ पुग्याे


आइतबार, मंसिर २५ २०७९
1.8K
Shares

गोरखा । प्रतिनिधिसभा र प्रदेशसभामा गरि गोरखाबाट ९ जना साँसद बनेका छन् । २ प्रतिनिधी र ४ प्रदेश सभा रहेकाे गोरखाबाट ६ जना प्रत्यक्ष र ३ जना समानुपातिक गरि ९ जना साँसद बनेका हुन् ।

प्रत्यक्षमा नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ मा राजेन्द्र बजगाई प्रतिनिधी सभा सदस्य बन्दा १ कै प्रदेश सभा ख मा नन्दप्रसाद न्याैपाने र क्षेत्र नम्बर २ काे प्रदेश ख मा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका हुन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट क्षेत्र नम्बर २ बाट पुष्पकमल दाहाल प्रचण्ड प्रत्यक्षबाट साँसद बन्दा हितराज पाण्डे समानुपातिक तर्फबाट प्रतिनिधी सभा सदस्य छानिएका छन् । त्यस्तै माओवादीबाटै १ काे प्रदेश सभा क मा कृष्ण धिताल प्रत्यक्ष चुनिदा सुशिला सिंखडा समानुपातिकबाट साँसद बनेकी छिन् ।

यसैगरी माओवादीकै चुनाव चिन्ह लिएर चुनावमा उम्मेदवार बनेका नेपाल समाजवादी पार्टीका फणिन्द्र धिताल क्षेत्र नम्बर २ को प्रदेश क बाट निर्वाचित भएका छन् ।

त्यसैगरी नेकपा एमालेले गोरखा बाेर्लाङ्ग घर भएका नेपाल परिबार दलका अध्यक्ष एकनाथ ढकाललाई प्रतिनिधिसभामा सांसद चयन भएका छन् । नेपाल समाजवादी पार्टीबाट प्रत्यक्षबाट फणिन्द्र देवकोटा निर्वाचित भएका छन् ।

शनिबार राजनीतिक दलहरुले आ-आफ्ना पार्टीबाट प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि शनिबार समानुपातिक बन्दसूचीबाट सांसदका लागि नाम चुनेका हुन् ।

गत मंसिर ४ गते भएकाे निर्वाचन मार्फत प्रत्यक्ष र समानुपातिक गरि ९ जना साँसद चुनिएसंगै अब गोरखाबाट साँसदकाे संख्या ११ पुगेकाे छ ।

यसअघि नेपाली काँग्रेसकी नेतृ कमला पन्त र माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रीय सभा सदस्य निर्वाचित भइसकेका थिए ।

पार्टीका तर्फबाट चुनिएकाहरुलाई निर्वाचन आयोगले आउँदो सोभबार विधिवत रुपमा नाम घोषणा गर्ने जनाएको छ ।
यसअघि २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभामा गोरखाबाट नौ जना सांसदले प्रतिनिधित्व गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार