नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गण्डकी प्रदेशसभाको समानुपातिक सांसदको टुंगो लगाएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले गण्डकी सहित ३ प्रदेशको समानुपातिक सांसदको टुंगो लगाएको कार्यसम्पादन समितिका सदस्य रमेश रिजालले बताए।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । गण्डकीमा दलित महिला तर्फ दिल माया पौ.बी, टीकाकुमारी बस्याल चयन भएका छन्।
जनजाति महिलातर्फ विमला गौचन र रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङलाई चयन गरिएको छ। यस्तै, खसआर्य महिलाबाट सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी चयन भएको रिजालले जानकारी दिए।


