• शुक्रबार, भाद्र २६ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक शनिबार, समानुपातिक सांसद चयन गरिने


शुक्रबार, मंसिर २३ २०७९
725
Shares

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ ।

बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने बैठकले चुनावी समीक्षाका साथै समानुपातिक सांसद चयन गर्ने भएको छ । 

पार्टीले विधि पद्धति मिच्न नपाउने भन्दै पार्टीका केही नेताहरूले बिहीबार पार्टी कार्यालयमा प्रदर्शन गरेका थिए । यो विषय पनि बैठकमा छलफलको एजेन्डा बन्ने एक नेताले बताए । 

पार्टीले समानुपातिक तर्फ १३ सिट पाएको छ भने प्रत्यक्षमा ७ सिट जितेको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार