• मंगलबार, साउन १२ २०८३

समस्या न्याय परिषदमा हो चोलेन्द्रमा होइन : किरण 


बिहिबार, मंसिर २२ २०७९
1.5K
Shares

काठमाडौं । युवा नेता रवि किरण हमालले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई काममा फर्किन दिन आग्रह गरेका छन् । 

उनले सरकार बनाउन सामान्य बहुमत पुर्याउन नसक्ने अवस्थामा रहेको गठबन्धनले बल प्रयोग गरेर चोलेन्द्रलाई रोक्नु लज्जास्पद र गैरजिम्मेवार हर्कत रहेको प्रतिक्रिया दिएका छन् । 

किरणले समस्या चोलेन्द्रमा नभई न्याय परिषदमा रहेको बताएका छन् । उनले लेखेक छन् “ समस्या चोलेन्द्रमा छैन – न्यायाधीश नियुक्ति गर्ने प्रक्रिया” न्याय परिषदमा”  हो । त्यसमा परिवर्तन आवश्यक छ । न्याय परिषद गठनलाई हामी परिवर्तन गर्न  तयार छौँ ?´´

पुनर्जागरण पार्टीको महामन्त्री हुँदा पनि पार्टीको तर्फबाट बिज्ञप्ती जारी गर्दै चोलेन्द्रलाई निर्वाध काममा फर्काउने वातावरण निर्माण गर्न सरकार सङ आग्रह गरेका थिए । 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद् सचिवालयमा दर्ता भएको महाभियोग निष्कृय भएको छ । संघीय संसद् सचिवालयले बुधवार जबरालाई महाभियोग निष्कृय भएको पत्र दिएको हो ।

नेपालको संविधान (२०७२) को धारा १५४ मा न्याय सेवा आयोगको गठन सम्बन्धी ब्यवस्था रहेको छ । न्याय परिषदमा नेपाल सरकारको कानुन तथा न्याय मन्त्री साथै महान्यायाधिवक्ता समेत हुन्छन् । यसरी न्याय परिषदमा कार्यपालिकाको सहभागिताले शक्ति पृथककिकरणको सिद्धान्तलाई उलंघन गर्छ । त्यतिमात्र होईन न्यायपालिका र कार्यपालिकाको सेटिङ बिना न्यायाधीश नियुक्त हुन नसक्ने संरचना बनेका कारण न्यायलय स्वतन्त्र छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार