• मंगलबार, साउन १२ २०८३

स्याङ्जा-२ र बाजुरामा मतगणना सुरू गर्न आयोगको निर्देशन


बुधबार, मंसिर १४ २०७९
680
Shares

निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना सुरू गर्न निर्देशन दिएको छ।

मंसिर ४ मा मतदान भए पनि यी क्षेत्रको मतगणना हुन सकेको थिएन।

बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेले एकअर्कालाई बुथ कब्जा गरेको आरोप लगाएका थिए भने स्याङ्जामा नेकपा एमालेले कांग्रेसले धाँधली गरेको भन्दै केही केन्द्रमा पुन: मतदानको माग गरेको थियो।

आयोगको आज बसेको बैठकले स्याङ्जा २ र बाजुरामा मतगणना सुरू गर्न निर्देशन दिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार