• सोमबार, भाद्र १ २०८३

प्रत्यक्षतर्फ १६१ सिटको टुङ्गो लाग्यो, यी चार क्षेत्रको नतिजा आउन बाँकी


बुधबार, मंसिर १४ २०७९
625
Shares

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म १६१ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ। अब चार क्षेत्रको नतिजा आउन बाँकी रहेको छ।

तीमध्ये नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीश कुसियैतबीच प्रतिस्पर्धा भएको सुनसरी–४ मा मतगणना जारी छ। बाजुरा र स्याङ्जा २ मा रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्दैछ। दोलखाका १० निर्वाचन केन्द्रमा भोलि मतदान हुँदैछ।

हालसम्मको परिणाम अनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५४ स्थानमा जित निकाल्दा नेकपा एमालेले ४४ सिट जितेको छ। माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादी पार्टी १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७/७ सांसद पाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार तथा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जितेको छ। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले १/१ ठाउँमा सिमित भएका छन्। स्वतन्त्र ५ जना निर्वाचित भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार