• शनिबार, साउन ९ २०८३

२५ पछि पनि लकडाउन लम्ब्याउने तयारी, निर्णय भोलि हुने


मंगलबार, बैशाख २३ २०७७
1.1K
Shares

काठमाडौं । सरकारले वैशाख २५ गतेपछि पनि लकडाउन लम्ब्याउन संकेत गरेको छ । यद्यपि यसबारे भोलि बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।

तर साे प्रस्तावमा प्रधानमन्त्री आोलीले अहिले नै लकडाउन खुकुलाे बनाउन नहुने राय दिएका थिए । अहिले नै सुरक्षित क्षेत्र घोषणा गर्न नसकिने र परीक्षण बढाउनु पर्नेमा उनले जोड दिएका थिए ।

समितिमा भएको छलफलका आधारमा प्रधानमन्त्री कार्यालयले प्रस्ताव बनाउने र भोलि ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा निर्णय गरिने बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार